एनआईसी एशिया इक्विटी लिंक्ड इन्भेष्टमेण्ट स्किममा आवेदन दिने आज अन्तिम दिन

१२ भाद्र २०८२, बिहीबार ०६:५९

काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेडले साउन २९ गतेदेखि निष्कासन गरिरहेको खुलामुखी योजना एनआईसी एशिया इक्विटी लिंक्ड इन्भेष्टमेण्ट स्किममा आवेदन दिने आज अन्तिम दिन हो।

यसमा प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यका दरले जम्मा १० करोड इकाई बिक्री गर्न नेपाल धितोपत्र बोर्डले गत असार ३ गते अनुमति दिएको थियो।

जसमध्ये १ करोड ५० लाख इकाई योजना व्यवस्थापक रहेको एनआईसी एशिया क्यापिटललाई सुरक्षित गरी बाँकी ८ करोड ५० लाख इकाईमध्ये प्रथम चरणमा सर्वसाधारणलाई ५ करोड इकाई बेच्न लागेको हो।

यसमा आवेदन दिंदा कम्तीमा १०० इकाई र बढीमा १ करोड इकाईसम्म माग गर्न सकिनेछ। निष्कासन बन्द छिटोमा भदौ २ गते हुने भनेको त्यस दिनसम्म पर्याप्त आवेदन नपरेपछि म्याद थपेर भदौ १२ गतेसम्म कायम गरिएको हो।

यसमा बिक्री प्रबन्धकको काम एनआईसी एशिया क्यापिटल लिमिटेडले गर्नेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*