प्रतिकित्ता १०० रुपैयाँमै नेपाल फाइनान्सको ८ लाख कित्ता शेयर बिक्रीमा, सबैले किन्न पाउने

१२ भाद्र २०८२, बिहीबार ०७:४५

काठमाडौं । नेपाल फाइनान्स लिमिटेडको अवितरित ७ लाख ९४ हजार ९७१.१८७ कित्ता संस्थापक शेयर लिलाम मार्फत् बिक्री खुला भएको छ।

कम्पनीले उक्त शेयर प्रतिकित्ता न्यूनतम १०० रुपैयाँ तोकेर लिलाम बढाबढ मार्फत् बिक्री खुला गरेको हो। यसमा संस्थापक, सर्वसाधारण लगायत जोसुकैले आवेदन दिन सक्नेछन्।

आवेदन दिंदा घटीमा १ हजार कित्ता र बढीमा १० ले निःशेष भाग जाने अंकमा वा सम्पूर्ण कित्ता माग गर्न सकिनेछ। आवेदन आज भदौ १२ गतेदेखि भदौ २६ गतेभित्र पेश गरिसक्नु पर्नेछ।

आवेदन फाराम काठमाडौंको कमलादीस्थित प्रभु क्यापिटल लिमिटेड, नेपाल फाइनान्सको केन्द्रीय कार्यालयका साथै बनेपा, माछापुच्छ्रे, लगनखेल र तिलोत्तमा शाखा कार्यालय तथा प्रभु बैंकको विराटनगर, वीरगञ्ज, पोखरा, नेपालगञ्ज, सुर्खेत र धनगढी शाखा कार्यालयमा पाइनेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*