हाथवे इन्भेष्टमेन्टको शेयर मूल्य समायोजन, आइतबार कतिमा खुल्छ?
१३ भाद्र २०८२, शुक्रबार ०७:३७

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको शेयर मूल्य समायोजन भएको छ।
कम्पनीले शेयरधनीलाई चुक्ता पूँजीको १२ प्रतिशत बोनस शेयर वितरणका गर्नका लागि आज १ दिन बुक क्लोज गर्दैछ। यसर्थ कम्पनीले हिजो बिहीबार कारोबार समयपछि शेयर मूल्य समायोजन गरेको हो।
कम्पनीको बिहीबारको अन्तिम कारोबार मूल्य प्रतिकित्ता १२५८.९९ रुपैयाँलाई आधार बनाएर मूल्य समायोजन गरिएको छ। मूल्य समायोजन पछि कम्पनीको प्रतिकित्ता ११२४.१० रुपैयाँ कायम भएको छ।
आइतबार यही मूल्यबाट यस कम्पनीको शेयर धितोपत्र दोस्रो बजारमा कारोबारमा आउनेछ।












