चार म्युचुअल फण्डहरूको मूल्य समायोजन, आइतबार कतिमा खुल्छ?

१३ भाद्र २०८२, शुक्रबार ०९:१७

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले चारवटा म्युचुअल फण्डहरूको मूल्य समायोजन गरेको छ।

बिहीबार नेप्सेले सिटिजन्स सुपर–३० म्युचुअल फण्डको १२.७५ प्रतिशत, प्रभु सेलेक्ट फण्डको १२ प्रतिशत, एनएमबि सुलभ इन्भेष्टमेण्ट फण्ड–२ को १५ प्रतिशत र एनएमबि–५० को १५ प्रतिशत नगद लाभांश बापत मूल्य समायोजन गरेको हो।

समायोजनपछि सिटिजन्स सुपर–३० को ८.९० रुपैयाँ, प्रभु सेलेक्टको १०.४० रुपैयाँ, एनएमबि सुलभको ९.८८ रुपैयाँ र एनएमबि–५० को ९.९२ रुपैयाँ इकाई मूल्य कायम भएको छ।

समायोजनअघि सिटिजन्स सुपर–३० को १०.१७ रुपैयाँ, प्रभु सेलेक्टको ११.६० रुपैयाँ, एनएमबि सुलभको ११.३८ रुपैयाँ र एनएमिब–५० को ११.४२ रुपैयाँ अन्तिम मूल्य कायम भएको थियो।

यही समायोजित मूल्यका आधारमा आइतबारदेखि दोस्रो बजारमा यी इकाईहरूको कारोबार खुल्नेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*