नबिल ब्यालेन्स्ड फण्डको लाभांश घोषणा
१३ भाद्र २०८२, शुक्रबार १२:०७

काठमाडौं । नबिल ब्यालेन्स्ड फण्ड २ र नबिल ब्यालेन्स्ड फण्ड ३ ले इकाईधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेका छन्।
योजना व्यवस्थापकको सञ्चालक समितिको भदौ १२ गते बसेको बैठकले दुवै फण्डका इकाईधनीहरूलाई आर्थिक वर्ष २०८१/०८२ को प्रतिफल स्वरूप १३ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने निर्णय भएको हो।
यी दुई फण्ड नबिल बैंक लिमिटेड कोष प्रवर्द्धक तथा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड योजना व्यवस्थापक एवं डिपोजिटरी रही नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालनमा रहेका बन्दमुखी योजनाहरू हुन्।
लाभांश वितरण प्रयोजनार्थ यही भदौ २२ गते आइतबार एक दिन बुक क्लोज गर्ने निर्णय पनि भएको योजना व्यवस्थापकले जानकारी दिएको छ।
1756446932653











