यूनाइटेड अजोडको बोनस शेयर नेप्सेमा सूचीकृत

१३ भाद्र २०८२, शुक्रबार १४:०१

काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्सको २१ लाख कित्ता शेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ।

कम्पनीले आफ्ना शेयरधनीहरूलाई वितरण गरेको १० प्रतिशत बोनस शेयर बापतको २१ लाख कित्ता शेयर आज शुक्रबार नेप्सेले सूचीकरण गरेको हो।

कम्पनीको असार ३० गते बसेको ३१औं वार्षिक साधारणसभाले शेयरधनीहरूलाई १० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो।

उक्त बोनस बापतको शेयर नेप्सेमा सूचीकरण भएकाले डिम्याट खातामा बोनस शेयर आएपछि शेयरधनीले कारोबार गर्न सक्नेछन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*