बीमा प्राधिकरणको अध्यक्ष छनौट समितिद्वारा कार्यविधि जारी, योग्यतादेखि पाठ्यक्रमसम्म तोकियो मापदण्ड

काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषदबाट नेपाल बीमा प्राधिकरणको अध्यक्ष छनौट समितिले नयाँ अध्यक्ष नियुक्तीका लागि नयाँ कार्यविधि जारी गरेको छ ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारीको संयोजकत्वमा रहेको अध्यक्ष छनौट समितिले नयाँ अध्यक्ष नियुक्ती सम्बन्धी कार्यविधि जारी गरेको हो ।
अर्थ मन्त्रालयका अनुसार नयाँ कार्यविधिमा ७ दिने सूचना जारी गरेर आवेदन माग गर्ने, छनौट सम्बन्धी विधि निर्धारण गरिएको छ । अर्थ सचिव घनश्याम उपाध्याय र विज्ञ सदस्य डा. खोमराज खरेल रहेको सो समितिले योग्यता, मापदण्ड र छनौटको लागि पाठ्यक्रम तथा अंकभार समेत निर्धारण गरेको छ ।
जसमा व्यवसायिक कार्ययोजनामा ४० अंक प्र्रस्तुतिकरणका लागि ३० अंक र मौखिक अन्तर्वार्तामा ३० अंक राखिएको छ । यस पटक पनि सेटिङमा सजिलो हुने गरी ६० अंक मौखिकमा राखिएको छ । साथै शैक्षिक योग्यताको नम्वर कार्यविधिमा राखिएको छैन । साथै अनुभव सम्बन्धमा पनि नम्वर दिने व्यवस्था कार्यविधिमा राखिएको छैन ।
कार्यविधिको पूर्ण पाठः–
नेपाल बीमा प्राधिकरणको कार्यविधी_f7n4hse













