फेसबुक आयो नेपाल सरकारको सम्पर्कमा
१९ भाद्र २०८२, बिहीबार १८:३१

काठमाडौँ । सामाजिक सञ्जाल फेसबुकको सञ्चालक संस्था मेटाले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँग सम्पर्क गरेको छ। मन्त्रालयका अनुसार मेटाको सिंगापुरस्थित कर्मचारीले मन्त्रीको सचिवालयलाई दर्ता तथा सूचीकरणका लागि आवश्यक विवरणबारे जानकारी मागेको हो ।
मन्त्रालयले सोधिएको विवरण तत्काल इमेलमार्फत मेटालाई पठाएको जनाएको छ। मन्त्रालयले प्रक्रिया छिटो टुङ्ग्याउने उद्देश्यले आवश्यक जानकारी उपलब्ध गराएको बताइएको छ।
यसैबीच, दर्ता तथा सूचीकरणको काम अघि बढाउने प्रक्रिया जारी रहेको छ।













