आईजीपी कार्कीले बोलाए आकस्मिक पीसीसी बैठक

१२ कार्तिक २०८३, बिहीबार ११:५८

काठमाडौँ ।  प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले नीति समन्वय समिति (पीसीसी) को आकस्मिक बैठक बोलाएका छन्। प्रहरी प्रधान कार्यालयमा दिउँसो २ बजे बस्ने बैठकमा सातै प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) तथा काठमाडौं उपत्यकाभित्र कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हरूलाई समेत सहभागी हुन बोलाइएको छ।

सामान्यतया पीसीसी बैठकमा काठमाडौं उपत्यकाभित्रका डीआईजी र अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) मात्रै सहभागी हुने गरेका थिए। तर, यसपटक उपत्यकाबाहिरका डीआईजी र उपत्यकाभित्रका एसएसपीलाई समेत आमन्त्रण गरिएको प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ।

पीसीसी बैठकमा सामान्यतया संगठनले अवलम्बन गर्नुपर्ने नीति, संगठनका विषय तथा सामूहिक धारणा निर्माणबारे छलफल हुने गर्छ। तर, यसपटकको बैठकमा शान्ति सुरक्षाको अवस्थाबारे छलफल गर्ने तयारी रहेको स्रोतले बताएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*