विवाद टुंगिएपछि बनेपा सडक निर्माण अघि बढ्यो, दुई महिनाभित्र कालोपत्रे गर्ने लक्ष्य

१२ कार्तिक २०८३, बिहीबार १२:४८

काठमाडौं । लामो समयदेखि विवादका कारण रोकिएको सूर्यविनायक–धुलिखेल सडक आयोजना अन्तर्गत बनेपा बजार क्षेत्रको सडक निर्माण कार्य अघि बढेको छ। निर्माण पक्षले अबको दुई महिनाभित्र उक्त सडक कालोपत्रे सम्पन्न गर्ने लक्ष्य राखेको छ।

पूर्वाधार विकास मन्त्री सुनिल लम्सालका अनुसार सडकको बीचरेखा र चोकको बनावटसम्बन्धी विवादका कारण निर्माण कार्य रोकिएको थियो। मन्त्रालयले पटक–पटक सहजीकरण गरेपछि विवाद समाधान भएसँगै निर्माण कार्य पुनः सुरु भएको हो। अहिले सडकको पुरानो सतह हटाउने काम भइरहेको छ।

साँगा–धुलिखेल सडक खण्डको सर्भिस लेनसहित कुल लम्बाइ ७.९ किलोमिटर छ। त्यसमध्ये ६.५ किलोमिटर सडकमा कालोपत्रे सम्पन्न भइसकेको छ। अब बाँकी १.४ किलोमिटर सडकलाई सर्भिस लेनसहित चार लेनमा स्तरोन्नति गरिनेछ। मन्त्री लम्सालका अनुसार बाँकी सडक निर्माण यसै वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*