नेपाल बीमा प्राधिकरणको अध्यक्षमा १३ जनाको आवेदन, पूर्वसचिवदेखि राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक ढकालसम्म

२० भाद्र २०८२, शुक्रबार १७:२३

काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदका लागि १३ जना आकांक्षीहरुले आवेदन दिएका छन् ।

सरकारले गठन गरेको नेपाल बीमा प्राधिकरणको अध्यक्ष छनौट समितिले गत शनिबार ७ दिने सूचना जारी गरेपछि आज अन्तिम दिनसम्मको समयसीमा भित्रमा १३ जनाको आवेदन परेको हो ।

आवेदकहरु मध्ये सबैभन्दा पहिलो सूचिमा बिक्रान्त पाण्डेको नाम छ । उनी यसअघि पनि आवेदन दिएर छनौट हुन नसकेका व्यक्ति हुन् ।

त्यस्तै, आवेदन दिनेमा तत्कालिन युनाइटेड इन्स्योरेन्सका निमित्त प्रमुख कार्यकारी अधिकृत (लुम्बिनी जनरल इन्स्योरेन्सको डेपुटी सिईओ) रमेश भट्टराई रहेका छन् । बीमा प्राधिकरणको अध्यक्षको आवेदन दिनेको सूचिमा कर्जा सूचना केन्द्रका पूर्व कार्यकारी निर्देशक बिष्णु बाबु मिश्र समेत रहेका छन् ।

राष्ट्रिय वाणिज्य बैंकका अध्यक्ष  तथा राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक देव कुमार ढकालले समेत प्राधिकरणको अध्यक्षका लागि आवेदन दिएका छन् । यता, अर्का आवेदक पूर्व सचिव महेश्वर न्यौपाने छन् ।

अध्यक्ष नियुक्ती क्षमताको आधारमा भन्दा पनि राजनीतिक पहुँच र सेटिङका आधारमा नियुक्त गरिने भएको भन्दै कतिपय योग्य उम्मेदवारहरुले नै यस पटक आवेदन दिएका छैनन् । बीमा प्राधिकरणको अध्यक्ष पदमा यसअघि गत वर्ष आवेदन माग गर्दा १२ जनाको आवेदन परेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*