नेपाल बीमा प्राधिकरण कर्मचारी संगठनको अध्यक्षमा दिपक ज्ञवाली, यस्तो बन्यो नयाँ कार्य समिति

२० भाद्र २०८२, शुक्रबार २२:१५

काठमाडौं । नेपाल बीमा प्राधिकरण कर्मचारी संगठनको तेस्रो अधिवेशन आज सम्पन्न भएको छ । आज सम्पन्न भएको तेस्रो अधिवेशनबाट संगठनका अध्यक्ष दिपक ज्ञवालीको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ ।

सो अधिवेशनबाट दोस्रो कार्यकालको लागि पुनः दिपक ज्ञवाली अध्यक्षमा चयन भएका हुन् । प्राधिकरणका अध्यक्ष सेवन्तक पोखरेलको प्रमुख आतिथ्यमा तेस्रो अधिवेशन सम्पन्न भएको हो ।

तेस्रो अधिवेशनको क्रममा आयोजित कार्यक्रममा बीमा प्राधिकरणमा नयाँ नियुक्ति भएर आउनु भएका कर्मचारीहरूलाई अध्यक्ष ज्ञवाली टीका र खादा लगाएर स्वागत गरेका थिए ।
नयाँ कार्य समितिमा अध्यक्ष दिपक ज्ञवाली, बरिष्ठ उपाध्यक्ष केशब राज भण्डारी, उपाध्यक्ष सुरेन्द्र चौलागाईं, महासचिव सागर आचार्य, सचिव भुमा कुमारी आचार्य, कोषाध्यक्ष शुष्मा पौडेल चयन भएका छन् ।

कर्मचारी संगठनको सदस्यहरू अन्जना शर्मा, सचिन राई, जोतिराज जोशी, मान बहादर चौधरी, हरेराम श्रेष्ठ चयन भएका छन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*