आज नेपाल स्टक एक्सचेञ्ज बन्द गर्ने निर्णय, शेयर कारोबार नहुने
२४ भाद्र २०८२, मंगलवार १०:२३

काठमाडौँ । नेपाली शेयरबजार बन्द रहने भएको छ। काठमाडौँमा कर्फ्यु आदेश भएसँगै आज नेप्से बन्द हुने भएको हो ।
नेपाल सरकार, गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय काठमाडौंले २०८२ भदौ २४ गते बिहान ८ः३० बजेदेखि लागू हुने गरी काठमाडौं जिल्लाको चक्रपथ भित्र कर्फ्यु आदेश जारी गरेको तथा धेरै कारोबार सदस्य तथा लगानीकर्ताहरुबाट समेत कारोबार स्थगन गर्न अनुरोध भई आएकोले सूचीकरण तथा कारोबार नियमावली, २०७५ को नियम २१ (१) अनुसार आजको सम्पूर्ण धितोपत्र कारोबार स्थगन गरिएको नेप्सेले जनाएको हो ।
638930065600450151












