असोज २ गतेसम्म शेयर कारोबार बन्द गर्ने नेप्सेको निर्णय

२७ भाद्र २०८२, शुक्रबार १५:४५

काठमाडौँ । देशमा पछिल्ला राजनीतिक घटनाक्रमका कारण शेयर बजारमा ठूलो अस्थिरता उत्पन्न हुने संकेत देखिएको छ। यसै कारण नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले असोज २ गतेसम्म शेयर कारोबार अस्थायी रूपमा बन्द गर्ने निर्णय गरेको छ।

धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ९० (१,घ) बमोजिम, धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरी नेप्सेले बिहीबार (असोज २ गते) सम्म बजार बन्द गर्ने निर्णय गरेको हो।

नेप्सेका अनुसार बजारमा अस्थिरता र अनिश्चिततालाई ध्यानमा राख्दै लगानीकर्ताको सुरक्षाका लागि यो कदम उठाइएको हो। यस अवधिमा कुनै पनि शेयर कारोबार हुने छैन।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*