पूँजी बजार खुलाउने तयारी: नेप्सेले सरोकारवालासँग छलफल थाल्दै

२९ भाद्र २०८२, आईतवार १०:५५

काठमाडौँ । देशको अवस्था क्रमशः सामान्यतर्फ उन्मुख हुँदै गएसँगै नेप्सेले पूँजीबजार सञ्चालनबारे पहल थालेको छ। बदलिँदो परिस्थितिलाई ध्यानमा राख्दै शेयर कारोबार खोल्ने सम्भावनाबारे नेप्सेले सरोकारवाला निकायहरूसँग छलफल गर्ने तयारी गरेको हो।

यसअघि असोज २ गते बिहीबारसम्म बजार बन्द गर्ने निर्णय गरिएको थियो। तर, पछिल्लो अवस्थालाई मध्यनजर गर्दै नेप्सेले तोकिएको मितिभन्दा अगावै कारोबार सुचारु गर्ने विकल्पबारे पनि विचार–विमर्श गर्न लागेको हो।

शेयर कारोबार पुनः सञ्चालनका लागि प्रत्यक्ष संलग्न संस्थाहरू जस्तै सिडिएस एण्ड क्लियरिङ्ग, दलाल कम्पनीहरू र मर्चेन्ट बैंकिङ कम्पनीहरूलाई छलफलमा सहभागी गराइने बताइएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*