भदौ २३ गतेको शेयर कारोबार राफसाफ अनिश्चित

काठमाडौं । गत भदौ २३ गते सोमबार सम्पन्न भएको धितोपत्र कारोबारको राफसाफ तथा फछर्यौट प्रक्रिया अनिश्चित बनेको छ। सिडिएस एण्ड क्लियरिङ लिमिटेडले सो दिनको कारोबारको राफसाफ तथा फछर्यौट हालका लागि रोकिएको जानकारी गराएको हो।
कम्पनीका अनुसार धितोपत्र कारोबार राफसाफ तथा फछर्यौट विनियमावली, २०६९ को विनियम २८ अनुसार अर्को सूचना जारी नभएसम्मका लागि सोमबारको कारोबार प्रक्रिया स्थगन गर्ने निर्णय गरिएको हो।
भदौ २३ र २४ गते भएको विरोध प्रदर्शनका क्रममा तोडफोड र आगजनीका कारण दलाल कम्पनीको भुक्तानी प्रणाली प्रभावित भएपछि सम्पूर्ण भुक्तानी प्रक्रिया सम्पन्न गर्न नसकिएको नेपाल स्टक ब्रोकर एसोसिएसनले जनाएको छ। यही कारणले संघले सिडिएसीलाई पत्राचार गर्दै तत्कालीन कारोबारको राफसाफ रोक्न अनुरोध गरेको थियो।













