शरद ओझा बीमा प्राधिकरणमा ४:३० बजे हाजिर हुन पुगे
३१ भाद्र २०८२, मंगलवार १७:२८

काठमाडौं । शरद ओझा नेपाल बीमा प्राधिकरणमा ४ः३० बजे हाजिर हुन पुगेको छन् । कार्यालय बन्द हुन आधा घण्टा अघि आफनो नियमित कार्यकक्ष भन्दा फरककार्य कक्षामा उनी हाजिर हुन पुगेको प्राधिकरणले जनाएको छ ।
मंगलबार सर्वोच्च अदालतको पत्र बुझेपछि उनी प्राधिकरण पुगेका हुन् ।
अघिल्लो सोमबार अर्थात् भदौ २३ गते ओझालाई पदबाट तत्काल नहटाउन सर्वोच्च अदालतले आदेश जारी गरेको थियो ।
न्यायाधीश शारङ्गा सुवेदीको एकल इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।
सरकारले चार महिना मात्रै काम गरेका ओझालाई कार्यसम्पादन कमजोर भएको भन्दै बर्खास्त गरेको थियो । उक्त निर्णयको विरुद्ध ओझाले अघिल्लो आइतबार सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए ।













