यस्तो छ बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाको पक्षमा सर्वोच्चले दिएको आदेश

३१ भाद्र २०८२, मंगलवार १९:२८

काठमाडौं । गत भदौं २३ गते सर्वोच्च अदालतका न्यायाधीश सारंगा सुवेदीले दिएको अल्पकालिन अन्तरिम आदेशपछि शरद ओझा अध्यक्ष हैसियतमा बीमा प्राधिरणमा फर्केका छन् ।

आज अपरान्ह उनी पुनः बीमा प्राधिकरण फर्केका हुन् । सर्वोच्च अदालतले यसअघि नेपाल सरकार मन्त्रिपरिषदको बैठकबाट बर्खास्त गर्ने निर्णय कार्यान्वयन नगर्नु नगराउनु भन्ने अल्पकालिन आदेशपछि ओझाको बीमा प्राधिकरण फर्कने बाटो खुलेको हो ।

आदेशमा आगामी असोज २६ गते अन्तरिम आदेश जारी राख्ने कि नराख्ने भन्ने विषयमा नेपाल सरकार अर्थमन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई समेत उपस्थित भई छलफल गर्ने भनिएको छ ।

सो दिनको छलफलपछि पुनः अर्को आदेश बमोजिम ओझाको पद के हुने भन्ने अन्तिम किनारा लाग्नेछ । तर, हाल सो छलफल अघिसम्म पूर्ववत रुपमा ओझाले अध्यक्षको हैसियतमा काम गर्नेछन् ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*