आठ इन्स्योरेन्ससहित यी २० कम्पनीमा नकारात्मक सर्किट

२ आश्विन २०८२, बिहीबार १५:२९

काठमाडौँ । आठ इन्स्योरेन्स कम्पनीसहित २० कम्पनीको शेयरमा नकारात्मक सर्किट लागेको छ । आज नेप्सेमा तेस्रो पटक ऋणात्मक सर्किट लाग्दा कारोबार बन्द भएको हो ।

जेन जी आन्दोलनमा गाडी घर तोडफोडपछि ठुलो बीमा दाबी आउँदा बीमा कम्पनी प्रभावित भएका हुन् । उन्नती सहकार्य लघुवित्त, नेपाल रिइन्स्योरेन्स कम्पनी, नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी, ट्रेड टावर, सिन्धु विकास बैंक, सोल्टी होटेल, आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स र सिनर्जी पावर डेभलपमेन्टको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको हो।

यसैगरी, क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स, हिमालयन रिइन्स्योरेन्स र सप्तकोसी डेभलपमेन्ट बैंकको सेयर मूल्य पनि ९।९९ प्रतिशतले घटेको छ।

साथै, चन्द्रागिरी हिल्स, शिखर इन्स्योरेन्स, हिमालयन पाटनर्स, नेशनल हाइड्रो, एनएलजि इन्स्योरेन्स, युनाइटेड अजोड, बेष्ट फाइनान्स, ओरियन्टल होटल र आँखुखोला जलविद्युतको शेयरमा नकारात्मक सर्किट लागेको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*