खानी खोला हाइड्रोपावरको हकप्रद शेयर भर्ने आज अन्तिम दिन
५ आश्विन २०८२, आईतवार ०७:४९

काठमाडौैं । खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेडले गत भदौ ३ गतेदेखि निष्कासन गरिरहेको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ।
कम्पनीले असार २६ गतेसम्म कायम शेयरधनीहरूका लागि १ बराबर १ को अनुपातमा प्रतिकित्ता १०० रुपैयाँका दरले ४६ लाख ५७ हजार १४३ कित्ता हकप्रद शेयर बिक्री खुला गरिरहेको छ।
यसमा आज बैंकिङ समयपछि आवेदन लिने काम बन्द गरिने भएकाले सो अवधिसम्म मात्रै आवेदन दिन सकिनेछ।













