नेपाल पुनर्बीमा र हिमालयन रि इन्स्योरेन्समा झुम्मिए लगानीकर्ता, यी १० को सर्वाधिक कारोबार
५ आश्विन २०८२, आईतवार १५:०७

काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजार उच्च अंकले बृद्धि भएको छ । आज नेप्से परिसूचक ११६.०१ अंकले बढेर २६२७ को बिन्दुमा कायम भएको छ ।
शेयर बजार बढेसँगै ३२९ वटा कम्पनीको कुल नौ अर्ब १७ करोड ९५ लाख रुपैयाँको कारोबार भएको छ । जसमा नेपाल पुनर्बीमाको सर्बाधिक रहेको छ । कम्पनीको आज ८३ करोड १३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
त्यस्तै, हिमालयन रि इन्स्योरेन्सको ४८ करोड २८ लाख रुपैयाँ, गार्डियन माइक्रो लाइफको ३० करोड ४८ लाख रुपैयाँ, शिवम् सिमेन्टको २७ करोड एक लाख रुपैयाँको सर्वाधिक कारोबार भएको छ ।














