नेपाल इन्स्योरेन्सको शेयरमा बोलपत्र पेश गर्ने भोलि अन्तिम दिन

७ आश्विन २०८२, मंगलवार १२:३६

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले भदौ २७ देखि बिक्रीमा ल्याएको शेयरमा बोलपत्र पेश गर्ने म्याद भोलिसम्म रहेको छ।

कम्पनीले हकप्रद शेयर निष्कासन गरी बाँडफाँड गर्दा संस्थापक समूहतर्फको ४ हजार ४६८.७६ कित्ता र सर्वसाधारणतर्फको १ लाख ९२ हजार ५७४ कित्ता शेयर बाँकी बसेको थियो।

सोही शेयर कम्पनीले प्रतिकित्ता न्यूनतम १०० रुपैयाँका दरले लिलाम बढाबढ प्रक्रिया मार्फत् बिक्री खुला गरिरहेको छ। यसअघि बोलपत्र पेश गर्ने अन्तिम मिति असोज ५ गते तोकिएकोमा देशमा देखिएको परिस्थितिलाई मध्यनजर गर्दै ३ दिन म्याद थपेको थियो।

यसमा बोलपत्र पेश गर्दा संस्थापकतर्फ कम्तीमा १ हजार कित्ता र सर्वसाधारणतर्फ १०० कित्ता माग गर्नुपर्नेछ भने बढीमा सम्पूर्ण कित्ता माग गर्न सकिने कम्पनीले जनाएको छ।

यसमा संस्थापक शेयरधनी, सर्वसाधारण व्यक्ति, संघसंस्था लगायत इच्छुक सबैले बोलपत्र पेश गर्न सक्नेछन्। धितोपत्र निष्कासन तथा बाँडफाँडको काम एनआईएमबि एस क्यापिटल लिमिटेडले गर्नेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*