यूनिलिभर नेपालद्वारा लाभांश घोषणा

७ आश्विन २०८२, मंगलवार १७:२९

काठमाडौँ । यूनिलिभर नेपाल लिमिटेडले लाभांश घोषणा गरेको छ । असोज ७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले लाभांश प्रस्ताव गरेको हो ।

बैठकले सञ्चित मुनाफाबाट प्रतिशेयर १ हजार ८४२ रुपैयाँबराबरको नगद लाभांश प्रदान गर्ने निर्णय गरेको छ । बैठकले आगामी कात्तिक २५ गते ३२ औं वार्षिक साधारण सभा डाकेको छ ।

यस्तै बैठकले कात्तिक ११ गतेदेखि २५ गतेसम्म बुक क्लोज गर्ने समेत निर्णय गरेको छ । यसर्थ कात्तिक १० गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने शेयरधनीहरु मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांश प्राप्त गर्न र साधारण सभामा सहभागी हुनका लागि योग्य हुनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*