इष्टर्न हाइड्रोपावरको लकइन अवधि कात्तिकमा सकिंदै
८ आश्विन २०८२, बुधबार १०:३१

काठमाडौं । इष्टर्न हाइड्रोपावर लिमिटेडको ५५ लाख ४१ हजार २९५ कित्ता शेयरको लकइन अवधि आउँदो कात्तिकमा सकिने भएको छ।
आउँदो कात्तिक १६ गते कम्पनीका संस्थापकहरूको ४९ लाख ६० हजार कित्ता, आयोजना प्रभावितहरूको ५ लाख ६९ हजार ६९० कित्ता र कर्मचारीहरूको ११ हजार ६०५ कित्ता शेयरको लकइन सकिने भएको हो।
कम्पनीले २०७९ कात्तिक १७ गते सर्वसाधारणलाई आईपीओ बाँडफाँड गरेको थियो। उक्त मितिले ३ वर्षसम्म यी शेयरहरू लकइनमा राख्नुपर्ने प्रावधान बमोजिम हालसम्म लकइनमा रहेका छन्।
यद्यपि कम्पनीका सञ्चालक समितिका सदस्यहरू र कम्पनीको उच्च तहमा रहेका कर्मचारीहरूको हकमा भने नियम अनुसार शेयर रोक्का रहने कम्पनीले स्पष्ट पारेको छ।













