युनियन हाइड्रोपावर र नेपाल पुनर्बीमाको सर्वाधिक कारोबार, यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता
८ आश्विन २०८२, बुधबार १५:०८

काठमाडौं । साता कारोबारको चौथो अर्थात बुधबार शेयर बजार दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक २७.८९ अंकले घटेर २६५४ को बिन्दुमा कायम भएको छ ।
शेयर बजार घटेपनि आज विभिन्न सेक्टरका ३१७ वटा कम्पनीको शेयर खरिद–बिक्री भएर चार अर्ब १२ करोड ४८ लाख रुपैयाँको कारोबार भएको छ । यसदिन युनियन हाइड्रोपावरको २२ करोड १३ लाख रुपैयाँको सर्वाधिक कारोबार भएको छ ।
साथै, बुधबार नेपाल रि इन्स्योरेन्सको १७ करोड ३२ लाख रुपैयाँ, हिमालयन रि इन्स्योरेन्सको १३ करोड ३७ लाख रुपैयाँ, सीईडीबि होल्डिसङ्सको १२ करोड ६० लाख रुपैयाँ र शिवम् सिमेन्टको ११ करोड रुपैयाँको कारोबार भएको छ ।














