दुई हाइड्रोपावरसहित तीन कम्पनीमा सकारात्मक सर्किट

८ आश्विन २०८२, बुधबार १५:१३

काठमाडौं । साता कारोबारको चौथो अर्थात बुधबार शेयर बजार दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक २७.८९ अंकले घटेर २६५४ को बिन्दुमा कायम भएको छ ।

शेयर बजार घटेपनि आज विभिन्न सेक्टरका ५३ वटा कम्पनीको शेयरमूल्यमा हरियाली छाएको छ । जसमा बुधबार माथिल्लो मैलुङ खोला जलविद्युत, सिटी होटल र हिमस्टार उर्जा कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

साथै, बाराही हाइड्रोपावर, दोल्ती पावर कम्पनी, युनिलिभर नेपाल लगायतको शेयरमूल्यमा हरियाली छाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*