नेप्सेका अध्यक्ष र सिईओको राजीनामा माग्दै कार्यकक्षमा तालाबन्दी

८ आश्विन २०८२, बुधबार १८:५६

काठमाडौं । नेपाल स्टक एकस्चेञ्ज( नेप्से)का अध्यक्ष हेमन्त बस्याल र प्रमुख कार्यकारी अधिकृत चुडामणि चापागाईंले बिचौलियाका एजेन्डा अनुसार काम गरेको आरोप लगाउँदै कर्मचारी आन्दोलनमा उत्रिएर हिजो मध्य रातसम्म कार्यालयमै राखेका थिए ।

मंगलबार सहमती नभएको भन्दै काममा बाधा नपुग्ने हृेृतुले कर्मचारी युनियनलेआज पनि आन्दोलन जारी राखेको छ ।नेप्सेको कर्मचारी संगठनले उच्च नेतृत्वले नेप्से सुधारभन्दा पनि बिचौलियालाई लाभ हुने काम गरेको भन्दै बुधबारदेखि आन्दोलन सुरु गरेका हुन् । तर नेप्सेको व्यवस्थापन पक्षले भने कर्मचारीले माग गरेअनुसार बोनस दिन नसक्ने भएकाले उनीहरू अनेक बहानामा आन्दोलनमा उत्रिएको बताएको छ ।

मंगलबारको लामो छलफलपछि पनि उच्च व्यवस्थापनले कमजोरी सुधार नगर्ने देखिएपछि बुधबारदेखि औपचारिक आन्दोलनको घोषणा गरिएका्े कर्मचारी युनियनले बताएका छन् । मंगलबारको छलफल टुङ्गोमा नपुगेपछि बुधबार निरन्तरता भनिए पनि त्यसो हुन सकेन, त्यसपछि औपचारिक आन्दोलनमा उत्रिएको कर्मचारी युनियनले जनाएको छ ।

कर्मचारी संगठनले आन्दोलन जारी राख्दै कामलाई निरन्तरता दिएका छन् । नियमित काममा कुनै बाधा पुगेको छैन । नेप्सेको संस्थागत सुशासन बचाउन र उद्दार गर्न अध्यक्ष बस्याल र प्रमुख कार्यकारी अधिकृत चापागाईंले राजीनामा दिनुपर्ने थापाले बताए ।

अध्यक्ष बस्यालले विगतमा नेप्सेबाट २५ लाख पाउनु पर्ने दाबी गरेको र सो अनुसार भुक्तानी दिन नेप्सेले नमानेपछि बदला लिन नेप्सेमा छिरेको कर्मचारीको दाबी छ । कर्मचारी संगठनले अध्यक्ष र प्रमुख कार्यकारीको राजीनामा नआएसम्म आन्दोल गर्ने जनाएको छ । संगठनले आन्दोलनका कार्यक्रमहरू तय गरेको छ । हातमा कालोपट्टी बाँध्ने, धर्नामा बस्ने, अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतको कार्यकक्षमा तालाबन्दी गर्ने र राजीना गर्न दवाव दिने रहेका छन् ।

 

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*