नेपाल ल्यूब आयलको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

९ आश्विन २०८२, बिहीबार ०८:११

काठमाडौं । नेपाल ल्यूब आयलले असोज १२ देखि ३१ गतेसम्म बुक क्लोज गर्ने भएकाले लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरूलाई चुक्ता पूँजीको २० प्रतिशत बोनस शेयर र कर तिर्न १.०५२६४ प्रतिशत नगद लाभांश बाँड्ने निर्णय गरिसकेको छ।

उक्त निर्णय पारितका लागि कम्पनीले असोज ३१ गते पुल्चोकस्थित द प्लाजामा बिहान साढे ११ बजेदेखि शुरू गर्ने गरी ३४औं वार्षिक साधारणसभा समेत डाकिसकेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*