बिहिबार यी १० कम्पनीका लगानीकर्ता भए मालामाल

९ आश्विन २०८२, बिहीबार १५:१२

काठमाडौँ । शेयर बजार आज झिनो अकंले घटेको छ । बजार घटेपनि आज १०७ कम्पनीको शेयर मूल्य बढेको हो ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २.३५ अकंले घटेर २६५२ बिन्दुमा कायम भएको छ । आज ३२७ कम्पनीको ७९ लाख ५३ हजार कित्ता शेयर किनबेच हुँदा ३ अर्ब २६ करोड ४ लाख रुपैयाँको कारोबार भएको हो ।

यसदिन हिम स्टार उर्जाको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो । कम्पनीको शेयर एकैदिन प्रतिकित्ता ६३ रुपैयाँले बढेर ६९३ रुपैयाँ पुगेको हो ।

साथै, प्रभु बैंक डिबेञ्चरको ८.०७ प्रतिशत, कालिका पावरको ६.७२ प्रतिशत, गुराँस लघुवित्तको ६.२५ प्रतिशत र सानिमा डिबेञ्चरको ६.२३ प्रतिशतले शेयर मूल्य बढेको छ ।

यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*