नेपाल रिको सर्वाधिक कारोबार, यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

९ आश्विन २०८२, बिहीबार १५:१४

काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार पनि शेयर बजार झिनो अंकले घटेको छ । आज नेप्से परिसूचक २.३५ अंकले घटेर २६५२ को बिन्दुमा कायम भएको छ ।

शेयर बजार घटेसँग कारोबार पनि खुम्चिएको छ । आज विभिन्न सेक्टरका ३२७ को कम्पनीको तीन अर्ब २६ करोड चार लाख रुपैयाँको कारोबार भएको छ । जसमा आज पनि सरकारी स्वामित्वको नेपाल पुनर्बीमा कम्पनीको ३० करोड नौ लाख रुपैयाँले सर्वाधिक कारोबार भएको छ ।

त्यस्तै, युनियन हाइड्रोपावरको १८ करोड ३४ लाख रुपैयाँ, हिमालयन रि इन्स्योरेन्सको ११ करोड ३८ लाख रुपैयाँको शेयर खरिद–बिक्री भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*