श्रीनगर एग्रीटेकको आईपीओ स्थानीयलाई बाँडफाँड, ३ हजार ७७७ जनाले पाए शेयर
१० आश्विन २०८२, शुक्रबार ०८:११

काठमाडौं । श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडले भदौ ११ गतेदेखि ३१ गतेसम्म बिक्री खुला गरेको आयोजना प्रभावित स्थानीय बासिन्दातर्फको आईपीओ बाँडफाँड गरेको छ।
कम्पनीले प्रतकित्ता १०० रुपैयाँका दरले कुल १ लाख ६३ हजार १२५ कित्ता आईपीओ आयोजना प्रभावित रुपन्देही र पाल्पा जिल्लाका स्थानीय बासिन्दाहरूका लागि बिक्री खुला गरेको थियो।
बिक्री अवधिभर रीतपूवर्क आवेदन दिएका आवेदकमध्येबाट असोज ९ गते ३ हजार ७७७ जनालाई सम्पूर्ण आईपीओ बाँडफाँड गरिएको बिक्री प्रबन्धक नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेडले जानकारी दिएको छ।













