बीमा प्राधिकरणका नयाँ अध्यक्ष शर्माद्वारा शपथ ग्रहण, आजदेखि काम सम्हाल्ने
१० आश्विन २०८२, शुक्रबार १३:१२

काठमाडौँ । नेपाल बीमा प्राधिकरणमा नयाँ अध्यक्ष जनकराज शर्माले पद तथा गोपनीयताको शपथ लिएका छन् । असोज ९ गतेको मन्त्रिपरिषद् बैठकले शर्मालाई प्राधिकरणको अध्यक्षको जिम्मेवारी दिएको थियो ।
शर्माले आज (असोज १० गते) अर्थमन्त्री रामेश्वर खनालसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् । शपथ ग्रहणलगत्तै नवनियुक्त अध्यक्ष शर्माले आजैदेखि पदबहाली गर्ने कार्यक्रम रहेको जनाएको छ ।













