सिटि होटलको हकप्रदमा आवेदन दिने अवधि लम्बियो

१२ आश्विन २०८२, आईतवार ०६:४२

काठमाडौं । सिटि होटल लिमिटेडको हकप्रद शेयरमा आवेदन दिने अवधि लम्बिएर असोज २६ गते कायम भएको छ। यसअघि भदौ असोज १२ गतेलाई अन्तिम दिन तोकिएको थियो।

कम्पनीले साउन २६ गतेसम्म कायम शेयरधनीहरूका लागि प्रतिकित्ता १०० रुपैयाँका दरले १ बराबर ०.८० को अनुपातमा कुल १ करोड ३३ लाख ९२ हजार कित्ता हकप्रद शेयर निष्कासन गरिरहेको छ।

कम्पनीले भदौ २३ गतेदेखि निष्कासन गरिरहेको यस हकप्रद शेयरमा निष्कासन तथा बाँडफाँडको काम प्रभु क्यापिटल लिमिटेडले गर्नेछ।

इच्छुक शेयरधनीले प्रभु क्यापिटलको कमलादीस्थित कार्यालयका साथै प्रभु बैंकको ईलाम, जावलाखेल, वीरगंज, पोखरा, बुटवल, सुर्खेत र धनगढी तथा मेरो शेयर एप प्रयोग गरी अनलाइनबाट सजिलै आवेदन दिन सक्नेछन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*