सागर डिष्टिलरीको आईपीओ बाँडफाँड
१२ आश्विन २०८२, आईतवार ०९:३४

काठमाडौं । सागर डिष्टिलरी लिमिटेडको आईपीओ बाँडफाँड सम्पन्न भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको कार्यालयमा आईपीओ बाँडफाँड भएको हो।
कम्पनीले गत भदौ ३० गतेदेखि असोज ९ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ११ लाख ९० हजार ६४० कित्ता आईपीओ निष्कासन गरेको थियो।
निष्कासन अवधिभर कुल २२ लाख २७ हजार ५०३ जनाले २ करोड ४२ लाख ८० हजार ५८० कित्ताका लागि आवेदन दिएकोमा २१ लाख ९३ हजार ८२३ आवेदन स्वीकृत भएको छ भने बाँकी आवेदन रद्द भएका छन्।
मागभन्दा बढी आवेदन परेपछि गोलाप्रथाबाट गरिएको बाँडफाँडमा १ लाख १९ हजार ६४ आवेदकले १०/१० कित्ताका दरले आईपीओ हात पारेका छन् भने बाँकीको हात रित्तो भएको छ।













