युनियन हाइड्रोपावर र नेपाल रिमा झुम्मिए लगानीकर्ता, अन्य कुनको भयो बढी कारोबार?
१२ आश्विन २०८२, आईतवार १५:०५

काठमाडौं । दशैं अघिको कारोबारको अन्तिम दिन आज नेप्सेमा कुल २ अर्ब ९३ करोड ५९ लाख रुपैयाँमाथिको शेयर किनबेच भएको छ।
जसमध्ये युनियन हाइड्रोपावर लिमिटेडको सर्वाधिक २४ करोड ११ लाख रुपैयाँको र दोस्रोमा नेपाल रिको ११ करोड रुपैयाँको शेयर कारोबार भएको छ।
त्यसैगरी शिवम् सिमेन्टको ८ करोड १३ लाख रुपैयाँ, एनएमबी बैंक प्रोमोटर शेयरको ८ करोड १३ लाख रुपैयाँ, हिमालयन रिको ७ करोड ७८ लाख रुपैयाँ र ७.२५% एसबीएल डिबेन्चर २०९१ को ७ करोड ७५ लाख रुपैयाँको शेयर खरीदबिक्री भएको छ।
त्यसपछि हिमालयन डिष्टिलरीको ६ करोड ८५ लाख रुपैयाँ, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको ५ करोड ४१ लाख रुपैयाँ, हिम स्टार ऊर्जाको ५ करोड २१ लाख रुपैयाँ र मैलुङ खोला जलविद्युत कम्पनीको ४ करोड ९३ लाख रुपैयाँमाथिको शेयर किनबचे भएको छ।














