दशैं अघिको अन्तिम कारोबारः ११ अंकले बढ्यो नेप्से, यी सूचकमा छायो हरियाली

काठमाडौं । दशैं अघिको अन्तिम कारोबार अथात आइतबार शेयर बजार दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक ११.५१ अंकले बढेर २६६३.५१ को बिन्दुमा कायम भएको छ ।
आइतबार ३१४ कम्पनीको ७५ लाख ११ हजार कित्ता शेयर किनबेच हुँदा दुई अर्ब ९३ करोड ५९ लाख रुपैयाँको कारोबार भएको हो । आज होटल एण्ड टुरिज्मबाहेक सबै उपसूचकमा हरियाली छाएको छ । यसदिन बैंकिङ्ग इन्डेक्स ०.८४ प्रतिशत, हाइड्रोपावर इन्डेक्स ०.७० प्रतिशत, इन्भेष्टमेन्ट इन्डेक्स ०.१४ प्रतिशत लगायत अन्य इन्डेक्सहरुमा पनि आन हरियाली छाएको छ ।

विशेषज्ञहरूका अनुसार नवनियुक्त अर्थमन्त्रीले आर्थिक नीतिसम्बन्धी स्पष्ट दिशानिर्देश नदिँदा बजारमा अन्योल बढेको छ । शेयर बजारको भविष्य केवल आर्थिक नीतिसँग मात्र होइन, राजनीतिक स्थायीत्वसँग पनि गाँसिएको छ । यस्तो परिस्थितिमा लगानीकर्ताको मनोबल कमजोर बनेको र बिक्री प्रवृत्ति तीव्र भएको देखिन्छ ।













