क्षतिग्रस्त संरचना पुनर्निमाणमा बीमा क्षेत्रको सामाजिक उत्तरदायित्वको रकम खर्च गर्ने प्राधिकरणको निर्णय

१२ आश्विन २०८२, आईतवार २०:१८

काठमाडौं । बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका, २०८० दोस्रो संसोधन गरेको छ ।

नेपाल बीमा प्राधिकरणले बीमा ऐन, २०७९ को दफा ५ को खण्ड (घ) तथा दफा १६६ ले दिएको अधिकार प्रयोग गरी सञ्चालक समितिले देहायका निर्देशनहरु जारी गरेको हो ।

सरकारले जेनजी आन्दोलनमा क्षति पुगेका संरचनाहरूको पुनर्निर्माणमा बीमा क्षेत्रको सामाजिक उत्तरदायित्व अन्तर्गतको रकम खर्च गर्ने भएको छ ।

नियामक नेपाल बीमा प्राधिकरणले आज संस्थागत सुशासन सम्बन्धी निर्देशिका संशोधन गरेर जेनजी आन्दोलनमा क्षति पुगेका भौतिक संरचन पुनर्निर्माणमा गरिने खर्चलाई सामाजिक उत्तरदायित्व अन्तर्गतको खर्च गर्न पाउने गरि नियम संशोधन गरेको छ ।

“बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका, २०८० को दफा ४५ मा संशोधनः “बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका, २०८० को दफा ४५ को उपदफा (२) को खण्ड (घ) पछि देहायको खण्ड (ङ) थप गरिएको छ ।” प्राधिकरणले जनाएको छ ।

प्राकृतिक प्रकोप, नागरिक आन्दोलन, जन प्रदर्शन वा अन्य कारणले भएको क्षतिको पुनर्निर्माण, आर्थिक पुनरुत्थान, राहत लगायतका कार्यका लागि नेपाल सरकारले स्थापना गरेको कोषमा दाखिला हुने गरी गरिएको खर्च गरिने प्राधिकरणले जनाएको छ ।

sasthagat susan

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*