बीमा प्राधिकरणमा एक बर्षमा फेरिए पाँच अध्यक्ष

काठमाडौं । नेपाल बीमा प्राधिकरणले नयाँ नियुक्तिसँगै एक वर्षमा पाँच जना अध्यक्ष फेरिएका छन् ।
गत तिहार अघिसम्म सूर्यप्रसाद सिलवाल प्राधिकरणको अध्यक्ष पदबाट आफनो कार्यकाल अघि नै बाहिरए लगत्तै एक बर्षमै पाँच जना अध्यक्ष फेरिएका छन् ।
उमेर विवादमा छानबिनमा तानिएपछि उनको ठाउँमा मदन दाहाल अध्यक्ष बनेका थिए । पछि शरद ओझाको नियुक्ति भएको थियो । ओझा छानबिनमा परेपछि पोखरेल अध्यक्ष बनेका थिए भने अहिले जनक शर्मा अध्यक्ष बनेका हुन् ।
जनक शर्मा नियुक्तिसँगै एक वर्षमा बीमा प्राधिकरणले पाँच जना अध्यक्ष पाएको छ । गत तिहार अघिसम्म सूर्यप्रसाद सिलवाल प्राधिकरणको अध्यक्ष थिए ।
उमेर विवादमा छानबिनमा तानिएपछि उनको ठाउँमा मदन दाहाल अध्यक्ष बनेका थिए । पछि शरद ओझाको नियुक्ति भएको थियो । ओझा छानबिनमा परेपछि पोखरेल अध्यक्ष बनेका थिए भने अहिले शर्मा अध्यक्ष बनेका हुन् ।
यसैबीच जबजस्ती बीमा प्राधिकरणमा अध्यक्षको पद आग्टन पुगेका ओझलाई तत्काल काम गर्न रोक लगाउदै सरकारले रिक्त सार्वजनिक संस्थानमा तत्काल नेपाल सरकारको स्थायी सेवाका कर्मचारीलाई नै कामकाज तोक्ने गरी निर्णय गरेको छ । शर्मा हाल आन्तरिक राजश्व विभागका उपमहानिर्देशक हुन् । उनी यसअघि ठुला करदाता कार्यालयको प्रमुख कर प्रशासन समेत थिए ।
बीमा प्राधिकरणका कर्मचारीहरुले अर्थमन्त्री रामेश्वर खनाललाई अस्थिर अध्यक्षको कारण दैनिक कामकाजमा असर परेको बिषयमा ध्यानाकर्षण गराईसकेको छ।
हाल प्राधिकरणको अध्यक्षको विषयमा सर्वोच्च अदालतमा मुद्दा विचाराधीन छ । यसअघि नियुक्त भएका शरद ओझालाई बर्खास्त गर्ने निर्णय गरेसँगै उनले अदालतमा रिट निवेदन दिएका थिए । उक्त रिटउपर सुनुवाइ गर्दै अदालतले तत्काल निर्णय कार्यान्वयन नगर्ने आदेश दिएको थियो ।
योसँगै ओझा प्राधिकरणमा हाजिर भएका थिए । तर अर्थ मन्त्रालयसँगको सहमतिबिनै हाजिर हुन गएको भन्दै मन्त्रालयले उनलाई हाजिरीमा रोक लगाउन निर्देशन दिएपछि ओझा हाजिर हुन पाएका थिएनन् । सर्वोच्चले बर्खास्त गर्ने निर्णय कार्यान्वयन नगर्न आदेश दिए पनि निलम्बनको निर्णय बदर नभएकोले अहिले ओझा निलम्बित अवस्थामा रहेको मन्त्रालयको बुझाइ छ ।
ओझाको बर्खास्तीसँगै प्राधिकरणमा सेवन्तक पोखरेलले अध्यक्षको जिम्मेवारी निर्वाह गर्दै आएका थिए । अर्थ मन्त्रालयका तर्फबाट प्राधिकरणमा प्रतिनिधित्व गर्ने सञ्चालकका रूपमा केही दिनअघि पोखरेलको ठाउँमा शर्मालाई पठाएर उनैलाई अध्यक्षको जिम्मेवारी दिइएको हो ।













