सीडीएससी र ब्रोकरहरू तयार नहुँदा आज शेयर बजार नखुल्ने
२० आश्विन २०८२, सोमबार १०:००

काठमाडौं । आज सोमबार शेयर कारोबार नहुने भएको छ। आज दिइएको सार्वजनिक बिदा खारेज भए तापनि कारोबारका लागि सबै निकायहरू तयार नहुँदा शेयर बजार नखुल्ने भएको हो।
शेयर कारोबारका लागि धितोपत्र बोर्ड, नेप्से, सीडीएससी र ब्रोकरहरू सबै तयार हुनुपर्ने हुन्छ तर यी सबै निकायहरू तयार नभएपछि आज शेयर कारोबार नखुल्ने भएको नेप्सेले जानकारी दिएको छ।
नेप्सेले सूचना जारी गर्दै भोलि मंगलबारबाट शेयर कारोबार नियमिति रूपमा खुल्ने जानकारी दिएको छ। आज भने नेप्से कार्यालय खुले तापनि धितोपत्र कारोबार भने हुने छैन।













