आज यी १० कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक
२१ आश्विन २०८२, मंगलवार १५:१२

काठमाडौं । आज मंगलबार नेप्से ५८.५५ अंकले घटे तापनि सेन्चुरी डिबेन्चर २०८८ को शेयरमूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ।
त्यसैगरी एनआईसी एशिया ऋणपत्र २०८८ को शेयरमूल्य ९.११ प्रतिशतले बढेको छ भने १०.३०% स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेड डिबेन्चरको शेयरमूल्य ९.०६,यता सिक्लेस हाइड्रोपावरको ७.७२ प्रतिशत र थ्री स्टार हाइड्रोपावरको ६.६० प्रतिशतले बढेको छ।
त्यस्तै ज्योति विकास बैंक बण्ड २०८७ को ६.३० प्रतिशत, १०% प्राइम डिबेन्चर २०८८ को ५.२४ प्रतिशत, १०.२५% सिटिजन्स बैंक डिबेन्चर २०८६ को ४.७२ प्रतिशत, एनएमबी डिबेन्चर ८.५०%–२०८७/८८ को ४.५८ प्रतिशत र ७% एनआईसी एशिया डिबेन्चर २०९१ को ४.४६ प्रतिशतले शेयरमूल्य बढेको छ।














