खानी खोला हाइड्रोपावरको हकप्रद बाँडफाँड, साढे ४ लाख कित्ता शेयर लिलामीमा आउने

२२ आश्विन २०८२, बुधबार ०७:५१

काठमाडौं । खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेडले गत भदौ ३ देखि असोज ५ गतेसम्म निष्कासन गरेको हकप्रद शेयर बाँडफाँड गरेको छ।

कम्पनीले असार २६ गतेसम्म कायम शेयरधनीहरूका लागि १ कित्ता बराबर १ कित्ताको अनुपातमा प्रतिकित्ता १०० रुपैयाँ दरले कुल ४६ लाख ५७ हजार १४३ कित्ता हकप्रद शेयर निष्कासन गरेको थियो।

निष्कासन अवधिभर रीतपूर्वक आवेदन दिएका शेयरधनीहरूलाई ४१ लाख ९७ हजार ७९४ कित्ता हकप्रद शेयर असोज २१ गते बाँडफाँड गरिएको हो।

यसरी बाँडफाँडपछि बाँकी बसेको ४ लाख ५९ हजार ३४९ कित्ता अवितरित हकप्रद शेयर लिलाम बढाबढ प्रक्रिया मार्फत् बिक्रीमा आउनेछ।

कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*