आज यी दश कम्पनी लगानीकर्ताको रोजाइमा
२२ आश्विन २०८२, बुधबार १५:०५

काठमाडौं । आज बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कुल ५ अर्ब ७६ करोड २७ लाख रुपैयाँमाथिको शेयर कारोबार भएको छ।
जसमध्ये नेपाल रिको मात्रै २६ करोड १६ लाख रुपैयाँ, युनियन हाइड्रोपावरको २४ करोड ४९ लाख रुपैयाँ, सिनर्जी पावरको साढे २२ करोड रुपैयाँ र एनआरएन इन्फ्रास्ट्रक्चरको १८ करोड ८० लाख रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ।
त्यसैगरी हिमालयन रिको १७ करोड ७१ लाख रुपैयाँ, युनाइटेड मोदी हाइड्रोपावरको १३ करोड ९२ लाख रुपैयाँ, नेको इन्स्योरेन्स प्रोमोटर शेयरको १३ करोड ८६ लाख रुपैयाँ, कालिका पावरको १३ करोड ७७ लाख रुपैयाँ, शिवम् सिमेन्टको १३ करोड ६ लाख रुपैयाँ र ङादी ग्रुप पावरको १२ करोड ५३ लाख रुपैयाँको शेयर किनबेच भएको छ।














