डिबेन्चरको मूल्य उचालिंदै, यी कम्पनीका लगानीकर्ता भए मालामाल
२२ आश्विन २०८२, बुधबार १५:१३

काठमाडौं । बुधबार नेप्से ४५.३६ अंकले घटे तापनि डिबेन्चरहरूको मूल्यमा भने उछाल आएको देखिएको छ।
आज सांग्रिला डेभलपमेन्ट बैंक डिबेन्चर २०८७ को शेयरमूल्य ७.०९ प्रतिशत, १०% एनआईएमबी डिबेन्चर २०९० को ६.४८ प्रतिशत, आत्मनिर्भर लघुवित्तको ६.०३ प्रतिशत र थ्री स्टार हाइड्रोपावरको ४.७६ प्रतिशतले शेयरमूल्य बढेको छ।
त्यसैगरी १०.२५% एसबीएल डिबेन्चर २०८३ को ४.०३ प्रतिशत, विन नेपाल लघुवित्तको ३.६७ प्रतिशत, ८.५% लक्ष्मी बैंक डिबेन्चर २०८८ को २ प्रतिशत, गणपति लघुवित्तको १.९९ प्रतिशत, ग्लोबल आइएमई समुन्नत योजना–२ को १.९८ प्रतिशत र ११% एलबीबीएल डिबेन्चर २०८९ को १.९३ प्रतिशतले शेयरमूल्य उचालिएको छ।














