शिव श्री हाइड्रोपावरको हकप्रद शेयरमा आजसम्म आवेदन दिन सकिने

२३ आश्विन २०८२, बिहीबार ०८:०१

काठमाडौं । शिव श्री हाइड्रोपावर कम्पनी लिमिटेडले भदौ १९ गतेदेखि निष्कासन गरिरहेको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ।

कम्पनीले साउन १५ गतेसम्म कायम शेयरधनीहरूका लागि १ बराबर १ को अनुपातमा प्रतिकित्ता १०० रुपैयाँका दरले कुल १ करोड ४७ लाख ६४ हजार कित्ता हकप्रद शेयर निष्कासन गरिरहेको छ।

यस हकप्रद शेयरमा आज असोज २३ गते बैंकिङ्ग समयसम्म मात्रै आवेदन दिन सकिने र त्यसपछि आवेदन लिने प्रक्रिया बन्द गरिने कम्पनीले जानकारी दिएको छ।

यसअघि हकप्रद निष्कासन प्रक्रिया असोज ८ गते नै बन्द गर्ने भनिएको थियो। तर कम्पनीले निष्कासन अवधि थप गरेर असोज २३ गतेसम्म कायम गरेको हो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*