शेयर बजारमा सकारात्मक सर्किट, २० मिनेटका लागि कारोबार स्थगित
२३ आश्विन २०८२, बिहीबार ११:१४

काठमाडौँ । शेयर बजारमा सकारात्मक सर्किट लागेको छ। बजार खुलेको ३ मिनेटमा नै नेप्से ४ प्रतिशत बढेपछि सर्किट लागेर २० मिनेटका लागि कारोबार स्थगित भएको हो ।
लगानीकर्ताहरुले लामो समयदेखि माग गरिरहेको मार्जिन प्रकृतिको कर्जाको सीमा केन्द्रिय बैंकले हटाएसँगै यस दिन बजारमा उत्साह देखिएको हो।
अब शेयर कारोबार ११ बजेर २३ मिनेटमा पुनः खुल्नेछ ।













