लाभांश र हकप्रद पारित गर्न बसेको युनिभर्सल पावरको साधारणसभा स्थगित

२४ आश्विन २०८२, शुक्रबार ०७:०४

काठमाडौं । युनिभर्सल पावर कम्पनी लिमिटेडको हिजो (असोज २३ गते) बोलाइएको साधारणसभा स्थगित भएको छ। कम्पनीले लाभांश र हकप्रद प्रस्ताव पारित गर्न बोलाएको साधारणसभा स्थगित भएको हो।

साधारणसभाका परिपालन अधिकृत हरि पन्थीले कम्पनी ऐन, २०६३ तथा कम्पनीको नियमावली बमोजिमको गणपूरक संख्या नपुगेपछि साधारणसभा स्थगित गर्नु परेको बताएका छन्। सभा अर्काे सूचना प्रकाशित नभएसम्मका लागि स्थगित भएको छ।

कम्पनीले ललितपुरको तीखेदेवलस्थित दरबार रेष्ट्रो होटेल एण्ड पार्टी भेन्यूमा बोलाएको उक्त सभामा चुक्ता पूँजीको ९ प्रतिशत बोनस शेयर र त्यसमा लाग्ने कर तिर्नका लागि ०.४७३७ प्रतिशत नगद लाभांश वितरण गर्ने र त्यसपछि कायम हुने चुक्ता पूँजीको १ बराबर १ को अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव तय गरिएको थियो।

त्यसैगरी कम्पनीको प्रबन्धपत्रमा संशोधन गर्ने र नियामक निकायबाट कुनै निर्देशन भएमा सोही बमोजिम प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि समावेश थियो।

साथै आर्थिक वर्ष (आव) ०७९/८०, ०८०/८१ र ०८१/८२ को वित्तीय विवरणहरू पारित गरी ०८०/८१ र ०८१/८२ का लागि नियुक्त लेखापरीक्षक र निजको पारिश्रमिक अनुमोदन गर्ने, चालू आवको लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक तोक्ने, २ जना सञ्चालकको निर्वाचन गर्ने र स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्ने प्रस्ताव पनि तय गरिएका थिए।

साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले असोज ८ गते एक दिन बुक क्लोज गरिसकेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*