मुक्तिनाथ कृषि कम्पनीको लाभांश घोषणासँगै साधारणसभा आह्वान, हकप्रद निष्कासन गर्ने
२६ आश्विन २०८२, आईतवार १०:१०

काठमाडौं । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले शेयरधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गर्दै साधारणसभा बोलाएको छ।
कम्पनीको असोज २४ गते बसेको सञ्चालक समितिको बैठकले चुक्ता पूँजीको ८.४२ प्रतिशत बोनस शेयर र ०.४२ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।
त्यसैगरी बोनस शेयर वितरणपछि कायम हुने चुक्ता पूँजीको ६० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पनि सभामा पेश गर्ने जानकारी दिएको छ।
सञ्चालक समितिले कात्तिक २१ गते दिउँसो साढे ११ बजे काठमाडौंको गैरीधारास्थित सिल्भर बक ब्यान्क्वेट एण्ड इभेन्ट्स सेन्टरमा सातौं वार्षिक साधारणसभा बस्ने पनि निर्णय गरेको छ।
साथै साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कात्तिक १भ्४ गते कम्पनीको बुक क्लोज गर्ने निर्णय भएको कम्पनी सचिव रामशरण तिमल्सिनाले बताएका छन्।













