शरद ओझाको मुद्दा आज सुनुवाई नहुने

२६ आश्विन २०८२, आईतवार १०:४४

काठमाडौं । शरद ओझाले बीमा प्राधिकरणको अध्यक्षको हैसियतमा काम गर्न पाउनु पर्ने मागसहित सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि आज सुनुवाई नहुने भएको छ । सर्वोच्च अदालतले बन्दिप्रत्यक्षिकरण बाहेकका सबै पेशीहरू हटाउने निर्णय गरेकाले ओझाको मुद्दा सुनुवाई नहुने भएको हो ।

अब तारेख लिएर नयाँ पेशी मिति लिएर मात्रै सुनुवाई हुनेछ । यसअघि असोज २६ गतेका लागि पेशी तोकिएको यो मुद्दा स्थगित हुँदै आजका लागि सारिएको थियो । तर, फेरि पनि आज सुनुवाइ हुन नसकेको हो ।

उक्त मुद्दामा अर्थमन्त्रालय, नयाँ अध्यक्ष छनोट समिति र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई विपक्षी बनाइएको छ । ओझालाई गत भदौ २ गते मन्त्रिपरिषद् बैठकले बर्खास्त गर्ने निर्णय गरेको थियो । त्यस निर्णयविरुद्ध उनले सर्वोच्च अदालतमा रिट दायर गर्दै अध्यक्षको हैसियतमा काम गर्न पाउने माग गरेका हुन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*