हिमालयन हाइड्रोपावरले फेरि बोलायो स्थगित साधारणसभा

२६ आश्विन २०८२, आईतवार १३:२९

काठमाडौं । हिमालयन हाइड्रोपावर लिमिटेडले असोज २४ गते बोलाएको १८औं वार्षिक साधारणसभा स्थगित भएपछि फेरि कात्तिक ९ गते बस्ने गरी साधारणसभा बोलाएको छ।

यसअघि बोलाइएको साधारणसभामा गणपुरक संख्या नपुगेपछि अर्थात् ५० प्रतिशत शेयरधनी उपस्थित नभएपछि स्थगित भएको थियो। कम्पनीले अब बस्ने साधारणसभा सोही स्थान (पोखरा लेकसाडको वाटरफ्रन्ट रिसोर्ट) मा बिहान ११ बजे बोलाएको छ।

उक्त सभाले १ बराबर १ को अनुपातमा हकप्रद शेयर जारी गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने र त्यसका लागि सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पारित गर्नेछ।

साथै गत आर्थिक वर्ष (आव) को वित्तीय विवरणहरूमाथि छलफल गरी पारित गर्ने, चालू आवको लागि लेखापरीक्षक नियुक्ति गरेर निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि रहेका छन्।

साधारणसभा प्रयोजनार्थ यस कम्पनीले असोज १२ गते एक दिनका लागि बुक क्लोज गरिसकेकाले असोज ११ गतेसम्म नेप्सेमा कायम शेयरधनी मात्रै उक्त सभामा भाग लिन सक्नेछन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*