नेपाल रि र एनएलजी इन्स्योरेन्समा झुम्मिए लगानीकर्ता, अन्य कुनको भयो बढी कारोबार?
२६ आश्विन २०८२, आईतवार १५:०५

काठमाडौं । साता कारोबारको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कुल ६ अर्ब ७० करोड ७२ लाख रुपैयाँमाथिको शेयर कारोबार भएको छ।
जसमध्ये नेपाल रिको सर्वाधिक ३८ करोड ७ लाख रुपैयाँ, एनएलजी इन्स्योरेन्सको ३७ करोड १७ लाख रुपैयाँ, युनियन हाइड्रोपावरको ३६ करोड ३३ लाख रुपैयाँ, हिमालयन रिको २३ करोड ४६ लाख रुपैयाँ र सीईडीबी होल्डिङ्गसको २२ करोड ४२ लाख रुपैयाँको शेयर कारोबार भएको छ।
त्यसैगरी एनआरएन इन्फ्रास्ट्रक्चरको १८ करोड ७ लाख रुपैयाँ, हिमालयन डिष्टिलरीको १७ करोड ३२ लाख रुपैयाँ, राधी विद्युतको १६ करोड ४८ लाख रुपैयाँ, शिवम् सिमेन्टको १५ करोड ९१ लाख रुपैयाँ र बुटवल पावर कम्पनीको १५ करोड २७ लाख रुपैयाँमाथिको शेयर किनबेच भएको छ।














